नेपाली फिल्ममा एक साथ देखिँदै स्वस्तिमा-निश्चल

काठमाडौं : नेपाली रजतपटमा सर्वाधिक चर्चामा रहेको फिल्म लुट निर्देशन गरेर उद्योगमा परिचित बनेका निश्चल बस्नेत अहिले निर्देशकभन्दा बढी अभिनेताका रूपमा चिनिन्छिन् । त्यस्तै फिल्म दुई रुपैयाँको ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेपछि स्वस्तिमा खड्का चर्चामा आइन् । उनी अभिनित फिल्म बुलबुलले रुचाइएपछि निर्माता निर्देशक उनको पछि लाग्न थालेका छन् । अहिले यो जोडीलाई एक साथ देखाउने होड चलेको छ ।

होस्टेल रिटर्न्स, जेरी, गाजलुलगायतका हिट फिल्म निर्देशन गरेका हेमराज बीसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमाको जोडी देख्न पाइने भएको छ । बास्तविक जीवनको यो जोडी फिल्ममा पनि एक साथ देखाउन हेमराज लागि परेका छन् ।

फिल्म ‘ग्याङटर ब्लुज’ पछि निर्देशक हेमराजले निर्माता रोहित अधिकारीसँग मिलेर फिल्म ‘द ब्रेकअप’ निर्माण गरेका थिए । पछि रोहितले फिल्म छाडे । अहिले हेमराज ‘घामड शेरे’ को होमवर्कमा व्यस्त छन् । नयाँ वर्षमा छायांकनमा जाने ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा बाहेक स्टेजका कलाकार लिइने बुझिएको छ । फिल्म पश्चिम नेपालमा छायाकंन गरिनेछ । यसअघि नायक प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर शुभ विवाह निर्माण गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!