सामाजिक सञ्जालको दूरुपयोग गरी व्ल्याकमेल तथा ठगी गर्ने व्यक्ति पक्राउ

“सामाजिक सन्जालको दूरुपयोग गरी युवतीलाई व्ल्याकमेल गरी ठगी गर्ने व्यक्ति पक्राउ ”

घटना विवरण :-

केशवराज भट्टले सामाजिक सन्जालको दुरुपयोग गरी फेसवुकमा विभिन्न उच्च पदमा रहेका अधिकृतहरुको फोटो राखी Fake account बनाई प्रयोग गरी युवतीहरुलाई साथी बनाई आफु उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरी, चरित्र हत्या गरी अलपत्र पारेको घटना सम्वन्धमा पिडितको यस महाशाखामा उजूरी पर्न आई उक्त कसुरमा संलग्न रहेका केशबराज भट्टको खोजतलास गर्ने क्रममा मिति २०७५।१२।२६ गते दिउँसो काठमाण्डौको गौशालामा निजलाई फेला पारी पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि आज मिती २०७५।१२।२७ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।

Image may contain: one or more people and suit

पक्राउ अभियुक्त :
नाम :केशबराज भट्ट ।
उमेर :२६ वर्ष ।
ठेगाना :जिल्ला डोटी के.आई.सिंह गाउपालिका वडा नं. नं. ६ हाल का.जि. किर्तिपुर बस्ने ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!