चिकित्सकलाई कारवाहीको प्रक्रिया अघि बढाएको मन्त्री पण्डितको भनाइ

दिपक उपाध्याय

कैलाली । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको स्थानमा नजाने कर्मचारीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ ।

कैलालीको धनगढीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले संविधान र संघीयता विरोधीले कर्मचारी समायोजनको विरोध गरेको बताउनुभयो । उहाँले चिकित्सकहरुको आन्दोलन नभएर रडाको भएको आरोप लगाउनुभयो । मन्त्री पण्डितले कार्यक्षेत्रमा नजाने चिकित्सकलाई कारवाहीको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न आग्रह गर्नु भयो । गुनासो सुन्नको लागि गुनासो सुनुवाइ समिति भएको बताउदै उहाँले जाएज गुनासोमा आफूहरु सम्बोधन गर्न तयार भएको बताउनु भयो । समायोजनको विरोधमा चिकित्सकहरु शुक्रबारदेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!