बिष्णु माझि बनिन् दुई गीतलाई करोड क्लबमा पुर्याउने पहिलो लोक गायिका

काठमाडौँ- लोक दोहोरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझी दुई गीतलाई करोड क्लबमा पुर्याउने पहिलो लोक गायिका बन्न सफल भएकी छन् ।। बिगत लामो समय देखि लोक संगीत क्षेत्रमा सक्रिय उनको केहि समय अघि बजारमा आएको गीत ‘सालको पात’ हिट भएको थियो ।

कुलेंद्र बिकसंग बिष्णु माझीको आवाज र बसन्त थापा(नवराज पन्तको श्रीजनालाई दर्शकले अत्याधिक रुचाएका थिए । उक्त गीत छोटो समयमा करोड क्लवमा पुगेको थियो ।

उक्त गीतलाई अहिले ४ करोड पटक हेरिएको छ ।त्यस्तै अर्को गीत ‘लालुमै’ पनि छोटो समयमा करोड क्लवमा प्रवेश गरेको छ । गीतमा बिष्णु माझि र सन्दीप न्यौपानेको आवाज रहेको छ । गीको भिडियोमा सृष्टि खड्का र सन्दिप न्यौपाने को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!