रेशम चौधरीलाई छुटाउन राजपाले शुक्रबार देखि देशभर प्रदर्शन गर्ने !

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले विभिन्न माग राखेर देशभर प्रदर्शन गर्ने भएको छ। रेशम चौधरी सहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैद सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले रेशम चौधरीको रिहाइलगायतका माग राखेर देशै भरि प्रदर्शन गर्ने भएको भएको हो।आगामी शुक्रबार सबै जिल्लामा कोण सभा र प्रदर्शन गर्न भन्दै राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सर्कुलर जारी गरिसकेका छन्।

राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, राजबन्दीहरूका मुद्दा फिर्ता गर्नुपर्ने लगायतमा मागहरु अगाडी सारेको छ।

यस्तै जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने लगायतका माग पनि राजपाले अगाडी सारेको छ।२०७२ सालमा भएको थरुहट आन्दोलनको क्रममा कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको हत्या भएको घटनामा अदालतले दोषी ठहर गर्दै रेशम चौधरी लगायतलाई अदालतले जन्म कैद सुनाएको थियो। सो घटनालाई कानुनी भन्दा पनि राजनीतिक तवरबाट मिलान गरिनु पर्ने राजपाको माग छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!