साम्राज्ञीकै अगाडी आमाले भनिन् कस्तो ज्वाई चाहिन्छ भनेर

साम्राज्ञीकै अगाडी भनिन् आमाले कस्तो ज्वाई चाहिन्छ भनेर, साम्राज्ञी चाही यस्तो भन्छिन (भिडिय)

नेपाली फिल्मकी उदयमान हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहको तपाई फ्यान हो भने, सबैभन्दा पहिला उनलाई जन्मदिनको शुभकामना भन्नुहोस् ।

साम्राज्ञीले आफ्नो उमेर त खुलाएकी छैनन् । तर, पनि उनी नेपाली फिल्ममा छोटो समयमा नै स्टार बनेकी हिरोइन हुन् । अभिनेता अनमोल केसीले फिल्म ‘ड्रिम्स’मा भित्राउँदा कसैले पनि उनी स्टार हुन्छिन् भनेर सोचेका थिएनन् ।

अहिले, उनको डिमाण्ड नेपाली फिल्ममा यति धेरै छ कि, उनलाई १० लाख पारिश्रमिक दिएर हिरो आर्यन सिग्देलले फिल्ममा खेलाउने तयारी गरिकसकेका छन् । दोश्रो फिल्म ‘ए मेरो हजुर २’ले पनि हिटको व्यापार गरेपछि उनलाई छुन सजिलो छैन ।

साम्राज्ञी मयंक खड्काको प्रेममा छिन् । प्रेममा रहेपनि उनलाई यो खबरले खासै फरक पारेको छैन । प्रेमको खबरले धेरै कलाकार असफल भएपनि साम्राज्ञीका दिवाना यूवाहरु अह, घटेका नै छैनन् । अब, त हिरो आर्यन सिग्देल समेत आफ्नो करिअर सुरक्षित बनाउन साम्राज्ञीसँगै फिल्ममा काम गर्ने तयारीमा लागेका छन् ।

नमात्तिकन, नफन्किकन, घमण्ड नगरिकन, काम गरिन् भने साम्राज्ञी १० बर्ष फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल हुन्छिन् । सुन्दर अभिनेत्री, मनमा नै सधै सुन्दरता भर्नु है । हामी धेरै धेरै शुभकामना भन्छौ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!