युवतिलाई बलात्कार गर्न खोज्दा पक्राउ परे भरतपुर खानेपानीका कार्यकारी निर्देशक

भरतपुर / क्वाटरमा श्रीमति नभएको माैका पारी युवति बोलाएर बलात्कार गर्न खोज्ने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल पक्राउ परेका छन । दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेकाे र युवतीले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । यूवतिले आफ्नो मोवाइल र स्कुटी जफत गरेर लगी साँझ आफ्नो क्वाटरमा बोलाएर यौन दुर्व्यवाहार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गर्न खोजेका थिए तर युवतीले भागेर बचेकाे बताइन् भाग्नेक्रममा युवतीको खुट्टासमेत मर्किएको बताएकी छिन् छ । दाहालले मोवाइल र स्कुटी फिर्ता दिने भन्दै राँझ ९ बजे ती युवतीलाई आफ्नै क्वाटरमा बोलाएका थिए । राति नै युवती अटो चढेर त्यहाँ पुगेकी थिइन् । कार्यकारी निर्देशक दाहालसँग महिलाको अर्थिक लेनदेन भएकाले बोलाएको बताएका छन् । दाहाल अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!