म्यानचेस्टरको आत्मघाती गोलमा बार्सिलोनाको जित, भिडियो हेर्नुस

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टरका खेलाडी लुका शाले आत्मघाति गोल गरेपछि बार्सिलोना विजयी भयाे ।

म्यानचेस्टरको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा लुका शाकाे आत्मघाति गोलमा बार्सिलाेनाले युनाइटेडलाई १–० ले पराजित गरेकाे हाे । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।

जितसँगै बार्सिलोनाले नयाँ रेकड बनाएकाे छ । याे भन्दा अघि युनाइटेड र बार्सिलाेनासँग हारेकाे थिएन । पछिल्लो ११ बर्षको इतिहास हेर्दा बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका थिए। जहाँ दुबै टोलीको नतिजा समान थिए ।

दुबै टोलीले ६ पटक भिड्दा समान दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेका थिए । याे जितसँगै बार्सिलाेनाले आफ्नो जित तीन पुर्‍याएको छ । दाेस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!