त्रुटीका कारण अभिनेत्री प्रिया प्रकाश फेरि ट्रे्न्डिङमा

गुगलमा सन् २०१८ मा सर्वाधिक खोजिनेको सूचीमा परेकी अभिनेत्री प्रिया प्रकाश वारियर फेरि सामाजिक सन्जालमा भाइरल बनेकी छन् ।

एनडीटीभी डटकमका अनुसार यसपटक उनी इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरसँगै लेखिएको क्याप्सनमा भएको निर्दोष त्रुटीका कारण सामाजिक सन्जाल ट्रेन्डिङमा परेकी हुन् ।

आँखा झिम्क्याएको सानो भिडियो क्लिपबाट सामाजिक सन्जालमा चर्चित बनेकी वारियरले एउटा परफ्युमको प्रवद्धनात्मक तस्बिर इन्स्टाग्राम राख्दा क्याप्सनमा प्राविधिक त्रुटीबस ‘टेक्स्ट कन्टेन्ट फर इन्स्टाग्राम एण्ड फेसबुक’ भन्ने अतिरिक्त शब्दावली पनि पोस्ट भयो ।

त्यसपछि उनको पोस्टमा थुप्रै प्रतिक्रिया आए । केहीले उनलाई अनफलो गर्दैछु भनेर लेखे भने केहीले ट्रोल बन्ने रचनात्मक तरिका अपनाएको भन्दै प्रतिक्रिया जनाए । प्रियाले अहिले उक्त पोस्टको त्रुटी सच्याइसकेकी छन् ।

नयाँ पत्रिका बाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!