विदेशमा ८ महिना मै ५५३ नेपाली कामदारको मृत्यु !

वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।मलेशियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष (२०७४/२०७५) ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी(२ सय ८९ जना) को मृत्यु भएको थियो ।

खाडीका देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्घले देखाएको छ । याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

`अन्य समाचार,डा.मिना झा भन्नुहुन्छ महिलाकोमासुपलाउदै मा पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ ?तपाइ पनि एक शेयर गर्नुहोस ! बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन्। अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।’ एक सन्तानकी आमा शर्मिला चिकित्सकको कुरा सुनेर आत्तिइन्। उनले औषधि खाएर निको हुन्छ कि ? भनेर सोधिन् पनि। तर, चिकित्सकले पाठेघरमा मासु पलाएकोले पाठेघरै फाल्नुपर्ने दोहो¥याए।

दोस्रो सन्तानको योजनामा रहेका शर्मिला र उनका पतिका लागि सुखद् समाचार थिएन यो । उनको उमेर पनि त ३० वर्ष मात्रै थियो। चिकित्सकले अप्रेशनबाहेक अर्को उपाय नभएको बताएपछि उनीहरुले अप्रेशनका लागि मिति समेत लिए। अपे्रेशनको मिति जति नजिक आयो, चिन्तापनि थपिंदै गयो। पहिलो मिति बहाना बनाएर टारे। अस्पतालले अर्को मिति दियो । अस्पतालले पटक–पटक फोन गरेर अपे्रशनका लागि बोलाइरह्यो । तर, मनले नमानेपछि उनीहरुले अन्य ३÷४ जना काठमाडौंका नाम चलेका स्त्री रोग विशेषज्ञसँग जाँच गराए।

शर्मिलाले भनिन्, ‘अधिकांश चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि मेरो मन ढुक्क भयो। नत्र मलाई राति निद्रा नपर्ने, चिन्ता लागिरहने समस्या भयो। झण्डै डिप्रेशन भएको।’ शर्मिला मात्र होइन, रुपन्देहीबाट आएकी राधा भण्डारीलाई पनि यस्तै समस्या देखिएको थियो। उपचारका लागि प्राइभेट अस्पतालमा पुगेकी उनलाई चिकित्सकले पाठेघरमा मासु पलाएकोले तुरुन्तै फाल्नुपर्छ भने ।

उनले अन्य चिकित्सकसँग पनि परामर्श गरी औषधि खाइरहेको बताइन्। ‘आजकल त के भएको, एउटै चिकित्सकलाई देखाएर त विश्वासै नलाग्ने, चिकित्सकपिच्छे फरक कुरा आउँछ, कसको कुरा ठीक हो पत्याउनै गाह्रो।’स्वास्थ्यखबरको सम्पर्कमा आएका यी दुई महिलाको विषयपछि स्वास्थ्यखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग चासो रोखेको थियो ।

सो क्रममा यी महिलाजस्तै धेरै महिलालाई चिकित्सकले पाठेघर नै फाल्नुपर्छ भनेर कर लगाउने गरिएको भेटियो। स्त्री रोग विशेषज्ञकहाँ पुग्ने धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिन्छ। पाठेघरमा मासु किन पलाउँछ ?पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? यिनै विषयमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २५ वर्षदेखि कार्यरत स्त्री रोग विशेषज्ञ डा. मीना झासँग गरिएको कुराकानी।

पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउनुको कारण यही नै हो भन्ने छैन। वंशाणुगत कारणले पनि हुन्छ। कतिपय अवस्थामा थाहा नै हुँदैन। अन्य समस्या लिएर अस्पताल आएका महिलालाई समस्याका आधारमा जाँच गरेपछि मात्र थाहा हुन्छ पाठेघरमा मासु पलाएको रहेछ भनेर।

पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने, यसका लक्षण के–के हुन् ? पाठेघरमा मासु पलाएको शंका गर्ने प्रमुख कारण महिनावारी हुँदा धेरै रगत जानु, अत्याधिक पेट दुख्नु हो । महिनावारी हुँदा सामान्यतः५÷६ दिनमा श्राव बन्द हुनुपर्छ । तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । बीचमा रोकिएर फेरि श्राव हुने सम्भावना पनि हुन्छ ।पेट अत्यधिक दुख्ने तथा रगत धेरै बग्दा त्यसले अन्य समस्या पनि ल्याउँछ ।

शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । हामीकहाँ महिलाहरु धेरै रगत बग्यो, महिनावारी हुँवा वा अन्य समयमा पनि अत्यधिक पेट दुख्यो, सन्तान भएन, गर्भ रहन्छ तर खेर गइरह्यो भन्ने जस्ता समस्या लिएर आउँछन् । उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । हामीले उनीहरुसँग सोधपुछ गरी र अल्ट्रासाउण्ड गरेर निश्चित गर्छौं।

धेरै चिकित्सकले पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर फाल्नुपर्छ भनेको सुनिन्छ, यसको उपचार अपे्रशन मात्र हो ? राम्रो प्रश्न सोध्नुभयो । बिरामीको अवस्था र आवश्यकता हेरी उपचार हुन्छ। धेरै महिला अन्य थुप्रै ठाउँमा उपचार गराएर अन्तिममा प्रसूतिगृह आउँछन्।अन्य डाक्टरले पाठेघर तुरुन्त फाल्नुपर्छ भन्नुभयो, मलाई के भएको डाक्टरसाप?भनेर सोध्छन् ।

कसैको उमेर पनि कम नै हुन्छ। उनीहरुलाई पाठेघर झिक्नुपर्छ भन्दा डर लाग्नु स्वभाविक हो। सत्य त के हो भने पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर झिकेर फाल्नुपर्दैन।सामान्य शल्यक्रिया मायोमेक्टोमी अर्थात् मासु झिकेर फाल्न सकिन्छ। पलाएको मासु ठूलो छ अर्थात् ठूलो फ्याब्राइट छ भने मासु झिकेर बायोब्सी गरेर पनि निक्र्योल गरी उमेर पुगेको छ भने झिक्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!