बैशाख २ गते पनि सार्वजनिक विदा, यस्तो छ गृह मन्त्रालयकाे सूचना

काठमाडौं । सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि तीन दिन सम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

(हेर्नुस् गृह मन्त्रालयकाे सूचना)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!