नुवाकोटमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयले लगाए टिपरमा आगो

काठमाडौं : नुवाकोटमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पासाङल्हामु मार्गको बट्टारमा शुक्रबार बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका २ बट्टारका २५ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् ।

दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपर ध्वस्त भएको छ । दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!