प्रधानध्यापकलाई लेखेको पत्रले फेरियो पूजा परिवारकै जीवन !

कुनै दिन दुई छाक खाना, एक जोडी पोशाक र किताव–कपी जुटाउन नसकेपछि विद्यालयबाट नाम कटाइदिन आग्रह गदैं प्रधानध्यापकलाई पत्र लेख्ने पूजा खत्री र भाई बहिनीको जीवन त्यही पत्रका कारण फेरिएको छ । जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत बेनी नगरपालिका–६ फोओटेकी पूजाले भाद्र १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई दयनीय,आर्थिक। पारिवारिक अवस्था दर्शाउँदै पत्र लेखेकी थिईन् ।

चरम आर्थिक अवस्थाका कारण विद्यालय आउन समस्या भएकाले हाजिरी खाताबाट नाम काटिदिन आग्रह गदै पत्र लेखेको समाचार सार्वजनिक भएपछि देशविदेशमा रहेका धेरै नेपालीलाई मर्माहत बनाएको थियो ।जब उनको दयनीय अवस्था र पत्रमा उल्लिखित मार्मिक शब्दहरू समाचारका रूपमा संसारभर फैलियो, देश विदेशमा रहेका थुप्रै सहयोगी हातहरू पूजा र उनका भाईबहिनीका निम्ति जुट्न थाले ।

एक थुकी सुकी, सय थुकी नदी भनेझैं सहयोगी मन र हातहरू उनका निम्ति जुट्दै जाँदा पूजासगै उनका हजुरबुबा र भाईबहिनीको जीवनमा आमूल परिवर्तन देखिएको छ ।घरायसी विवादसंगै दैनिकी बुबाको कुटपिटले बाध्य भएर आमाले घर छोडेपछि बृद्ध हजुरबुबाको रेखदेखमा समेत समय दिने गरेकी पूजाले आफ्नो वास्तविकतालाई पत्रमा उल्लेख गर्दा कल्पनै नगरेको सहयोग जुटेको बताईन् ।

‘एउटा पत्रले जीवन नै बदलिदियो,’सबै सहयोेगी प्रति आभारी छु’ पूजाले भनिन् ।पत्रका कारण आर्थिक अवस्था र जीवन बदलिएको मात्रै छैन दुईबर्ष अगाडी काठमाण्डौमा एउटी महिलाको घरमा घरेलु कामदारको रुपमा काम गर्न गएकी पुस्पासंँग पुनःमिलाप भएको छ । सम्पर्कविहिन भएकी पुष्पाको समेत पूजाकै पत्रका कारण उद्धार भएको थियो ।

‘दिदीको पत्र र हजुरहरूको सक्रियताले मैले पनि नयाँ जीवन पाएको छु’ पुस्पाले भनिन् । उनले विहानै इनारभित्र प्रवेश गरेर काम गर्नुपर्ने, राती अवेर मात्रै सुत्ने गरेको बताउँदै जेलबाट निस्किएजस्तो महसुस भएको बताईन् । पूजा गाउँकै विद्यालयमा अध्ययरत छिन् भने पूजनले कक्षा १, पुनम कक्षा २, पुष्पा कक्षा ३ मा सदरमुकाम बेनीस्थित न्यू वेष्ट पोइन्ट आवासीय माविमा अध्ययरत छन् ।

पूजा र उनका भाईबहिनीलाई अमेरिकमा बस्ने हेम र मायाँ थापाले बार्षिक ३ लाख सहयोग गर्ने गरेका छन् । एकबर्ष अगाडीसम्म एउटा परिक्षा समेत नियमित दिन नसक्ने अवस्थामा रहेकी पूजा नियमित विद्यालय जान्छिन् । हजुरबुबा सहित भाईबहिनीलाई लुगाफाटो, मिठोमसिनो खान्की जुटाउन आकाशकै फल जस्तै विगतका दैनिकलाई बिर्सिदै गएकी छन्।

घरभित्र एकछाक भात पकाउने चामल नभएर कयौं रात मकै र पिठो खाने गरेको अवस्थामा अहिले जिर्ण घर नै दरबार जस्तै चम्कियो भएको खत्रीको भनाई छ । झन्डै ६ महिनालाई पुग्ने खाद्यान्न,सिरक ओडेर समेत सुतेको अनुभव नभएका पूजाका भाईबहिनीलाई अहिले सिरक सहित प्रसस्तै लत्ताकपडा पुगेको छ । भाईबहिनीलाई समय समयमा विद्यालयमा भट्न आउने गरेकी पूजाले विद्यालयमा सहायक प्रधानध्यापक एवम् मिडिया संयोजक कृष्ण जिसीसंग भाईबहिनीको पढाईको अवस्थाका बारेमा बुझ्दै घरलैजाने पत्रमा समेत हस्ताक्षर गरिन् ।

खातामा १४ लाख बढी सहयोग
पूजाको नाममा गरिका विकास बैंक बेनी शाखामा खोलिएको खातामा अभियानबाटै १४ लाख ४६ हजार संकलन भएको थियो । स्वदेश तथा विदेशमा रहेका नेपालीले गरेको सहयोगलाई सदुपयोग गर्न विद्यालयका प्रधानध्यापक ढुंगाना, वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, अभिभावकको तर्फबाट रामप्रसाद सुबेदी र पूजाको हस्ताक्षरमा विश्वामित्र बहुउद्देश्यीय सहकारी र अर्थुङ्गे सहकारीमा ३ बर्षे मुद्धतीमा १२ लाख राखिएको छ ।

त्यस्तै पूजालाई घरायसी खर्च सहित थप आवश्यकता परेमा प्रयोग गर्ने गरी अन्य रकमलाई गरिमाकै खातामा राखिएको छ । रकम हिनामिना हुन नदिन कार्यविधि बनाएर चारजनै भाईबहिनीले प्रयोग गर्न मिल्ने गरी राखिएको प्रधानध्यापक ढुंगानाले बताए । ‘रकम दुरुपयोग नहुने गरी राखिएको छ,‘ब्याजलाई बैंककै खातामा जम्मा गरिन्छ’ ढुगांनाले भने । उनले पूजाको नाममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!