‘ए मेरो हजुर ३’ बाट सुहानाको शानदार सुरुवात

फिल्म ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले दमदार डेव्यु गरेकी छन् । अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा सुपुत्रीले पहिलो फिल्मबाटै वाही वाही बटुल्न सफल भइन् ।

बिहिबार साँझ सम्पन्न फिल्म ए मेरो हजुर ३ को प्रिमियर पछि अधिकांश सेलिव्रेटीले सुहानाको मुत्तकंण्ठले प्रशंसा गरे । चलचित्र कलाकार संघकी महासचिव समेत रहेकी सरिता लामिछानेले त अर्को वर्ष आयोजना हुने सम्पूर्ण अवार्डमा सुहानाले नव नायिकाको ट्रफी उचाल्ने घोषणा नै गरिन् ।

यस्तै सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले सेलिव्रेटीका छोराछोरीलाई अभिनय गर्न आउँदैन भन्ने आरोप सुहानाले मेटाएको बताइन् । यस्तै निर्देशक दिपाश्री निरौलाले सुहाना सुहाना सुहाना भन्दै प्रेसकै अगाडी हुटिंग गरिन् ।

यता अर्की निर्देशक रेनशा वान्तवा राईले सुहानामा अभिनयको क्षमता रहेको बताइन् । नायिका नीत ढुंगानाले हालका चलन चल्तीका नायिकालाई सुहाना चुनौती बनेर आएको जानउ दिइन् ।

यसर्थ सुहानाले फिल्म ए मेरो हजुर ३ बाट फिल्म नगरीमा सुन्दर भविष्यको सुरुवात गरेकी छन् । नगरुन् पनि किन, गर्भमै अभिनय नशा जोडिएपछि ! अनमोल र सुहानासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

झरना थापाको दोश्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ३’ मा सुहाना र अनमोल केसीको जोडीलाई रुचाइएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले सुखद सुरुवात गरेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!