फिल्म ‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक

फिल्म ‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई मह सञ्चार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरaमा अमेरिकाको मोहलाई कमेडि रुपमा प्रस्तुत गरिएको छ । मल्टिस्टारर फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख २० गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!