अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनको ‘यात्रा’ हलमा

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नयाँ नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । आजबाट ‘ए मेरो हजुर ३’ र ‘यात्रा : अ म्युजिकल भ्लग’ प्रदर्शनमा आएका हुन् ।

ए मेरो हजुर ३

सुनीलकुमार थापाको निर्माणमा बनेको ‘ए मेरो हजुर ३’लाई झरना थापाले निर्देशन गरेकी हुन् ।

फिल्ममा झरनापुत्री सुहानाले अभिनेता अनमोल केसीसंग स्क्रिन शेयर गरेकी छिन् । सुहानाले यसै फिल्ममार्फत डेब्यु गरेकी हुन् ।

अनमोल र सुहानाका साथमा फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको अभिनय छ ।

फिल्मको बिहीबार साँझ कुमारी हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्मले स्टार र फ्यानबिचको कथा भन्छ ।

यात्रा : अ म्युजिकल भ्लग

शुक्रबारबाट प्रदर्शन आरम्भ गरेको ‘यात्रा : अ म्युजिकल भ्लग’लाई केशव भट्टराई र सुशील पोखरेल, चिज कुमार श्रेष्ठ लगायतले निर्माण गरेका हुन् ।

फिल्मलाई नव–निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् । ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान बनियाको फिल्ममा मुख्य भूमिका छ । साथमा मलिका महत, सलोन बस्नेत, रेअर राई, जाहन्वी वस्नेत, राजाराम पौडेल, पे्रक्षा बज्राचार्य, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन् ।

पछिल्लो समय नेपाली फिल्मले सुःखद ब्यापार गर्न नसकिरहेको अवस्थामा वर्षलाई विट मार्दै गर्दा प्रदर्शनमा आएका यी दुई फिल्मले सुःखद् ब्यापार गर्ने आँकलन गरिएको छ ।

 लोकान्तर संवाददाता

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!