प्राविधिक गडबढीका कारण चन्द्रमामा पठाएको बेरेसिट अन्तरीक्षयान दुर्घटनाग्रस्त

अध्ययनका लागि चन्द्रमामा पठाएको इजरेलको बेरेसिट नामक अन्तरीक्षयान प्राविधिक गडबढीका कारण दुर्घटना भएको छ । यो खबर कान्तिपुर दैनिक मा छापिएको छ।

मुख्य इन्जिनमा खराबी आएपछि सो यान चन्द्रमाको सतहमा ठूलो आवाजका साथ विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । चन्द्रमाको ७ हप्ताको यात्रापछि दुर्घटना हुनु अघि सो यानले सतहको १५ किलोमिटर टाढाबाट सम्पर्क गरेको यान परियोजनाका प्रमुख मोरिस काहले बताउनुभयो ।

प्रयास असफल भएपनि आफूहरुले तत्परता देखाएकाले गर्व महसुस भएको काहको भनाई छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चन्द्रमाको अध्ययनको पहिलो प्रयास असफल भएपनि पुनः अर्को तयारी थाल्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।

चन्द्रमामा अन्तरीक्ष विमान पठाउने चौंथो राष्ट्र बन्ने लक्ष्यका साथ इजरेलले सो विमान पठाएको थियो । जसले अन्तरीक्षका तस्बिरहरु खिच्ने तथा अध्ययनहरु गर्ने बताईएको थियो । यसअघि रुस, अमेरिका र चीनले चन्द्रमामा अन्तरीक्षयान पठाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!