डिभोर्सपछिको भेट : उसले आँखामा आँसु झारुलाँझै निन्याउरो बनायो अनुहार !

निरूपा प्रसून

प्रनवको भर्खर भएको डिर्भोसको कुरा सुन्न आएकी छु म यतिखेर काठमाडौं, नारायणगोपालचोक छेउको चाइनिज रेष्टुराँको क्याबिनमा ।

चिमे बेल्जियम बियरको चिमे ग्लास हातमा लिदैँ सुरु भयो प्रनव– ‘तपार्इँलाई छाडेर उससँग बिहे गरेँ । उसले मलाई छाडेर अरुसँग बिहे गरी । मगरको छोरीलाई बाजा बजाएरै त लेराएको हो, आमा–बाको घरमा मैले । अदालत जाने अघिल्लो रात ओपन सुत्यौं । बिहान खाना खायौं । उसलै भात पकाएकी थिई । मैले भाँडा माझेँ । डिभोर्स गरिसकेर हात समातेर काठमाडौं परिक्रमा गर्यौं । हाँसेर गाँसिएको सम्बन्ध किन रोएर अलग हुनु ?’

उसले भन्दै गयो, ‘अदालतको काम सकिएपछि खाजा खायौं । सम्पत्ति मलाई बाहुन काँठाको केही पनि चाहिँदैन भनी । तीन हजारमा सकियो डिर्भोस । फोन गर्छु म उसलाई तपार्इँलाई जस्तै । मलाई राम्रो लाग्छ । च्याट हुन्छ अहिले पनि तपार्इँसँगजस्तै । अस्ति काठमाडौ मल अगाडि भेट भयो । गएँ र किस खाएँ ।

त्यो दिन अफिसको बार्षिकी पार्टीमा बढी नै रक्सी खाएको थिएँ नि त ! मगर्नीको कम्ति माया लाग्दैन मलाई । तपाईँको पनि माया नलाग्ने त होइन नि मलाई ।’प्रनवको कुरा सुनेर खित्का छाडेर हाँसे म । उसले भने आँखामा आँसु झारुलाँझँै निन्याउरो बनायो अनुहार । म हाँसेको देखेर सामुन्ने उभिएको बेयरा पनि मुसुक्क मुस्कुरायो । विचित्रको रैछ यो लोग्नेमान्छे ! एक सासमै सकाइदियो प्रनवले आफ्नो दोस्रो डिर्भोसको कहानी । अस्तिदेखि नै मन खोल्नु छ तपार्इँसँग भन्थ्यो ।

मसँगको सम्बन्धविच्छेदपछि तिमीबाट तपार्इँ भन्न थालेको थियो मलाई । ऊ त्यस्तै छ, उसले भनेका सबै कुरा सत्य होइन भन्ने थाहा भए पनि कुनै अबजेक्सन विना सुनिरहेँ । हामीबीच मागी विवाह भएको थियो । युरोपतिर भए यसलाई विवाह नै मान्दैनथे । त्यहाँ त प्रेम नै नभइकन विवाह नै हुँदैन सायद । हाम्रोमा कुरै अलग, विवाह पछि प्रेम सुरु हुन्छ । हाम्रोमा विवाहले प्रेमलाई पवित्र बनाइदिन्छ । उसको केटीसाथी धेरै भए भनेर आपत्ति थिएन मलाई । एकदिन प्रनवले डाइरेक्ट भन्यो –‘मिनाविना सास फेर्न सक्दिनँ । तिमीबाट छुट्कारा चाहियो।’

कति निर्मम कुरा गरेको थियो प्रनवले ममाथि । घनघोर अन्धकार छायो आफू उभिएको धरातलभरि । मीनाले कसरी धोका दिई मलाई ? मैले त साथीभन्दा माथि लिएकी थिएँ, उनीहरूको सम्बन्धलाई । रिस उठ्यो र ईश्या पनि लाग्यो । पलभरका लागि उराठ बन्यो धर्ती । आनाकानी नगरी दिएकी हो मैले प्रनवलाई चार वर्षअगाडि डिर्भोस । मलाई उसका आमा–बा पनि रुचाउँदैनथे । अब छोरालाई पनि नचाहिए पछि म किन बसिरहनु त्यस घरमा ? पेपरमा चुपचाप सही गरिदिएँ।

प्रनवको कुरा सुनेर खित्का छाडेर हाँसे म । उसले भने आँखामा आँसु झारुलाँझँै निन्याउरो बनायो अनुहार । म हाँसेको देखेर सामुन्ने उभिएको बेयरा पनि मुसुक्क मुस्कुरायो । विचित्रको रैछ यो लोग्नेमान्छे ! एक सासमै सकाइदियो प्रनवले आफ्नो दोस्रो डिर्भोसको कहानी । अस्तिदेखि नै मन खोल्नु छ तपार्इँसँग भन्थ्यो । मसँगको सम्बन्धविच्छेदपछि तिमीबाट तपार्इँ भन्न थालेको थियो मलाई ।

म अतिततिर फर्कन थाल्दैछु । ऊसँग बिहे भएपछि म घरकै कामधन्दामा व्यस्त हुन थाले । प्रनव सिनियर अफिसर भएदेखि काममा कम र रमाइलोमा ज्यादा समय खर्चन थालेको थियो । म उसको संसारलाई आफ्नो निजी संसार बनाउन लागिपरेकी थिएँ । वैवाहिक जीवनको सुरुवाती दिनहरूभन्दा धेरै प्रेम गर्थे म उसलाई । तर, देखाउने फुर्सद थिएन मेरो । परन्तु उसको प्रेम अरुसँग हुर्किरहेको पत्तो पाइन मैले । पछि उसैको मुखबाट थाहा पाएँ, जुन समय धेरै ढिला भइसकेको थियो । मीनाको प्रेममा चुर्लुम्म प्रनव डुब्यो ।

गोता मैले खानुप¥यो । म जति उदास भए पनि देखाइनँ । लुकाउने प्रयास गरिरहेँ । उसले महान पीडा दिए पनि मेरो मनमा उसका लागि प्रेमको ज्वारभाटा दन्किरहेको थियो । मलाई खासमा प्रनवदेखि भयंकर रिस उठ्नुपर्ने हो । तर, त्यस्तो भएन । कुन तत्वले छेक्यो ? अहिले सम्झदा पनि अचम्म लाग्छ । जीवनसँगै बिताउन मन लाग्नु र जीवनसँगै बिताउनु बिल्कुलै अलग कुरा रहेछ ।
प्रेम भएरै त प्रेमको आहुति दिएँ मैले।

मलाई सम्झना छ, मीनासँगको प्रेम बडो हँसिलो भएर प्रनवले मलाई सुनाएको थियो । तत्कालै मैले नै प्रेस गर्दिएकी सर्ट लगाएर निस्केको थियो । त्यसपछि एकैछिन उराठ बन्यो मेरो धरातल । केही दिनजसो अलमल परेँ । पछि त खुसी भएँ । कहिले कोर्ट जाने र सही गर्ने प्रतीक्षा गर्न थालेँ । त्यहीबेला जीवनको ओज बोध हुन थाल्यो मलाई । कहिँ पढेको लाइन याद आयो– यो छाला खुबै महँगो छ । तर, टिकाउ भने छैन ।

जसरी प्रनव एउटा हुँदै दुईमा रूपान्तरित हुँदै थियो । उसको जीवन अझ सुखमय हुँदै थियो या बर्बाद ? मेरो सरोकारको विषय नभए पनि मनमा खुल्दुली भने लागिरह्यो । ऊ त हर्षउल्लासमै थियो ।प्रनव र मबीच लोग्नेस्वास्नीको सम्बन्ध सकियो । मेरो आकाशमा नयाँ घाम जुन उदाउन थाले । म वैवाहिक जीवनमा नरहे पनि फेरी निर्वाध आकाशमा उड्ने पन्छी बनें । आइमाईहरूले अनेक कुरा काटे पनि मलाई प्रवाह भएन । लोग्नेले अर्कोसँग विवाह गर्न स्वास्नीलाई आफूदेखि अलग गराउँछ । फेरि मान्छेहरू त्यही स्वास्नीमा खोट देख्छन् ।

उनैका कुरा काट्न थाल्छन् । त्यस्तै स्वास्नीले अर्को विवाह गर्न लोग्नेलाई छाड्छे । फेरि त्यही लोग्नेमा खोट देख्छन् र उसैको कुरा काट्न थाल्छन् । त्यसैले विश्वास लाग्दैन मलाई मान्छेहरुको कुरा कटाइमा । यो परम्परा त यो धर्ती रहुन्जेल कायम हुन्छ होला जस्तो लाग्छ ।

कति खुसी भएर मेरा आमा–बुवाले विवाह गरी पठाएका थिए । पछि उसको घरमा कति छिःछि दुरदुर सहनुप¥यो मैले त्यो पैतालामुनि थिचेर राखेँ । प्रनवको मायाले त्यस्तो निचता पनि सहजै पचाउथेँ । जीवनमा जस्तो स्थिति भोग्न लेख्या छ त्यो भन्दा घटिबढि त पक्कै केही हुन्न।

जब साँझ पथ्र्यो प्रनव घर आउनेबेला हुन्थ्यो । जब रात पथ्र्यो हामी कोठाको ढोका लगाउथ्यौं । साँझ र रात मनपथ्र्यो मलाई । प्रनव मलाई मात्र माया गथ्र्यो । बस् मलाई मात्र । जसरी बोटलको पानी खन्याउँदा थोपा–थोपा हुँदै धारामा परिणत हुन्छ त्यसैगरी प्रनव मलाई माया गरेको अनुभूत गर्थँ । कति सुन्दर थियो ऊ, उस्तै सुखी र सम्पन्न पनि । उपेक्षा र निर्दयता भन्ने त एक अंश पनि थिएन उसमा ।

प्रनवको विश्वास थियो । जति जति उमेर बढ्दै गयो उति उति सम्झना पनि फिका हुँदै जाने रहेछ । तर, केही थोरै कुराहरू अहिले पनि म प्रगाढसँग सम्झन्छु ।‘कालु ! आई लभ यु मोर द्यान आई क्यान से’, प्रनव मुस्कुराएर गीतको मुखडा गाउन थाल्दा, म खुसीले दंग पर्थे ।‘मैले पहिल्यै सुनेको लाइन, खै कस्को हो अहिले भुसुक्कै बिर्से ।’ ‘म तिमीलाई प्रेम गर्छु । शब्दले भन्न सक्नेभन्दा बढी गर्छु ।’ ‘ए ! यो त तिम्रो आफ्नै लाइन हो सुन्या छुँइन मैले ।’‘अनि त्यसकै अनुवाद त हो नि लाटी !’लाटी बनिदिन कम्ति मज्जा लागेको थिएन मलाई।

आफूलाई पहाडतिर उक्लिरहेँ लागे पनि ओरालो आइपुग्दा अचानकसँग झँस्किएँ, एक पटक तर के उचाईमात्र जीवनको प्राप्ति हो र ? होइन नि ! ओरालो सकिएपछि मैदान आइपुग्छ । मैदान झन् ठूलो उपलब्धि हो । हरेक पाइला मैदानमा निस्फिक्री र ढुक्क महसुस गर्छ । प्रनवले छाड्दैमा म एक्लै हुन्छु भन्ने चिन्तै थिएन मलाई । म त घना जंगलमा एक्लै छाडिदिएँ पनि एक्लै हुने छैन ।

मैले आफूले आफैलाई प्रोत्साहित गर्दै अघि बढेँ । बिहे सधैँ आदर्श, सुन्दर र उत्कृष्ट मात्रै हुँदैन, कहिलेकाहिँ व्यवहारमा तुच्छ र पाशविक पनि हुन्छ भन्ने सुनेकी थिएँ । मैले त अनुभूत गर्न नै पाएँ । यसलाई सौभाग्य नै मान्नुपर्छ । भोगाइहरू प्राप्ति नै हुन्छन् जहिले पनि ।‘के तपाईँ मेरो कुरा सुन्नै आउनुभएको होइन त ? सुनाऊँ त ? सुनाइहालुँ ?’ प्रनवले सुस्तसँग मौनता भंग गर्दै भन्यो।

‘अँ सुन्दैछु । सुन्नै आएकी हुँ,’ म संस्मरण थन्क्याएर प्रनवको आवाजमा ध्यान दिन थाल्छु । वर्षाको मौसम, पानी परेर भर्खर रोकिएको थियो । झ्यालबाट हेरिरहुँ लाग्ने आकर्षक देखिएको थियो सहर । ‘कालु ! विल म्यारी मी अगेन ?’मेरो मुटुमा च्वास्स् घोच्यो । झस्किएँ पनि तत्काल सम्मालिएर भनेँ – ‘फेरि तिमीसँग बिहे ? तिम्रो सकस कम गर्न सकुलाँ तर… सोच्नु पर्छ । सोचेर भन्नेछु ।’ऊ कामेको स्वरमा भन्दै थियो – ‘सोच्नु पर्ने के कुरा छ र ?’
‘धेरै कुरा छन् ।’‘छिट्टै सोचेर भन्नू,’ प्रनव मेरो जवाफ सुन्न लालाहित देखिन्थ्यो । म त्यहाँबाट निस्किएँ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!