आजको राशिफल : चैत्र ३० गते, शनिबार

वि.सं.२०७५ साल चैत्र ३० गते । शनिबार । इस्वी सन् २०१९ अप्रिल १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि अष्टमी,०७ घडी ३३ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त नवमी । नक्षत्र पुनर्वसु,०१ घडी २६ पला,बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त तिष्य । योग सुकर्मा,०७ घडी १७ पला,बिहान ०८ बजेर ३९ मिनेट उप्रान्त धृति । करण वव,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा छत्र योग । चन्द्र राशि कर्कट । चैत्राष्टमी व्रत। गोरखकाली पूजा। चैते दसैँ। भवानी उत्पत्ति दिवस। राम नवमी व्रत। राम जयन्ती। राम यात्रा। श्री श्वेतमत्स्येन्द्रनाथ रथ–यात्रा। अशोकका पालुवा खाने सांस्कृतिक दिवस। जमयात। चैत्र मसान्त। वि.सं. २०७५ समाप्ति। काठमाडौँमा सूर्योदय ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ४६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साध दिँदा कामहरू समयमानै सम्पन्न हुनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थन राम्रा काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमा सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

वृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यवसायकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडि बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाइनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरूबिच मतभेद बढ्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढ्न पाठनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस् !

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!