‘बाल लडाकु’ लेलिन विष्ट प्रचण्डविरुद्ध राष्ट्रसंघमा

काठमाडौं, ३० चैत । लामो समयसम्म बाल लडाकु रहेका तत्कालिन माओवादी छापामार लेलिन विष्टले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध राष्ट्र संघमा ज्ञापनपत्र बुझाएको दाबी गरिएको छ ।

नेदरल्यान्डस् पुगेका विष्ट अहिले बयस्क भइसकेका छन् । उनी बहिर्गमित लडाकुका नेता पनि हुन् ।

विष्टले बेल्जियमको ब्रसेल्समा संयुक्त राष्ट्र संघकी विशेष प्रतिनिधि भर्जिनिया गम्बालाई ज्ञापनपत्र बुझाएको र त्यसमा आफ्ना हकहित संरक्षणका साथै त्यसबेला बाल सैनिक बनाउने नेतृत्वमाथि कारबाहीको माग गरेको बताइएको छ ।

के छ ज्ञापनमा ?

–तीन हजार भन्दा बढी बाल सैनिकको प्रयोग गरी युद्ध गर्न लगाएको तर उचित व्यवस्थापन नगरेको

–सेना समायोजनका क्रममा बाल सैनिक भनी अयोग्य पारिएको तर राज्य र माओवादी दुवैले शिक्षा, स्वास्थ्यलगायतका विषयमा ध्यान नदिएको

–युद्धमा बालबालिकाको प्रयोग रोक्न, आफूमाथि लगाएको ट्याग हटाउनुका साथै तत्कालिन नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब सृजना गर्नुपर्नेमा त्यसो नभएको

–Dainiknepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!