पहिलो नेपाल आइडल बुद्ध लामाले ल्याए ‘सोल्टिनी’

काठमाडौं : गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘सोल्टिनी’बोलको नयाँ गीतको भिडियोमा लामा नयाँ हुलियामा देखिएका छन् ।

बुद्ध लामाले ल्याए ‘सोल्टिनी’

भिडियोमा उनी खैरो रंग्याएको कपाल र जुंगा पालेका देखिन्छन् । गायक लामा नेपाल आइडलको ताज पहिरिएपछि ‘सानी नरिसाउ न’ बोलको गीत रेकर्ड गराएका थिए ।

यसबीचमा थुप्रै कन्सर्टमा ब्यस्त लामाको नयाँ गीत ‘सोल्टिनी’ पनि चर्चामा छ । लामा आफ्ना प्राय गीतमा आफैँ अभिनय गर्दैआएका छन् । पछिल्लो म्युजिक भिडियोमा पनि लामा एलिसा राईसँगै छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!