रसुवालाई केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प

काठमाण्डु – शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ ।

रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त कम्पनको धक्का काठमाण्डु उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!