गायक प्रमोद खरेलको ‘झुमा झुमा’ मा पल, प्रिन्सी, प्रिज्मा

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रमोदको साथै नायक पल शाह, प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा फिचर्ड छन् । गीतको भिडियो हेर्न तल क्लिक गर्नुस्ः

गायक खरेलले झुमा झुम्का वाली गीत हिट भएपछि यो गीत ल्याएका हुन् । हिमान्सु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । संगीत संयोजन उद्धय राज पौडेलको रहेको छ ।

अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका छन् । सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!