सरकार पानी कतारलाई बेच्ने रे ? आफ्नै देशको हालत यस्तो !

रितिक अधिकारी । नेपाल विश्वमा जल स्रोतको दोस्रो धनी देश हो । जसले नेपालमा मात्र नभई कतारमा समेत खाने पानी बेच्ने योजना बनाएको छ । तर सुख्खा याम सुरु भएसगै नेपालका लाखौँ मानीसहरु शुद्ध पिउँने पानीको अभावमा तड्पी रहेका छन । एक दुई वर्ष होईन १ सय ३० वर्ष देखि सर्लाहीको ईश्वरपुर नगरपालीका वडा नम्बर १२ को घारी बथानको गुईढुुंगका ४० र अड्डीका १२ घर गरी ६२ घर परिवार खाने पानीको अभावसंग संघर्ष गर्दै आएका छन ।६२ घरपरिवारको एउटा मात्र कुवा छ जसमा पशुचौपायले पनि पानी खाने गर्दछन । भने मानिस पनि त्यहि पानी पिउन बाध्य छन । १ गाग्री खाने पानी भर्न पनि एक बिहान कुर्नु पर्ने बाध्याता छ । तै पनि शुद्ध पिउने पानी पाउदैन्न गुईढुुंग र अड्डीका स्थानिय बासीले । पानी बेचेर समृद्ध बन्ने सरकारको ध्यान यता पुग्न नसकेको गुईदुंग र अड्डीका स्थानियबासीको भनाई छ । पुर्व पश्चीम राजमार्गबाट १२ किलो मिटर उत्तर रहेको गुईढुुंग र अड्डी गाउँमा जनजातीको बसोबास रहेको छ ।

आफुहरु अहिले पनि चरीचरणमा छाडिएका पशुचौपायले खाने पानी खान १ घण्टा हिडेर पानी ल्याउन बाध्य भएको स्थानियबासीको भनाई छ । वि.सं.१९४५ सालदेखि गुईढुुंग र अड्डीमा बस्ती बसेको र अहिले पनि कुनै सहज नभएको स्थानिय वीर बहादुर थिंङले बताउनु भयो । व्यावस्था जे र जुन आएपनि पहिला देखिकै समस्यामा परिवर्तन नभएको थिंङको भनाई छ । पिउने पानीको कुनै विकल्प नभएका कारण पनि पशुचौपायको जुठो पानी खान बाध्य भएको स्थानियबासीको गुनासो छ ।नेताहर चुनावको समयमा आएर भोट हामीलाई दिनुस् हामी पानीको व्यवास्था गर्छौ भन्छन जीतेर गएपछि कुनै वास्ता गर्दैन्न । स्थानियबासीको भनाई छ । हिलो पानी ल्याएर केही समय राखेर थिग्रीयपछि मात्रै पानी पिउन सकिने स्थानियले बताएका छन । अभावका कारण अन्यन्त्र बसाई सरौँ सरौँ लाग्दा पनि आर्थीक अवस्था कमजोर भएका कारण सहरमा बसाई सर्न नसकेको राम्रीमाया थिङले बताउनु भयो । सहर बजारमा बसाई सर्न मन लागेपनि आर्थीक अवस्था कमजोर भएका कारण सहर बजारमा बसाई सर्न नसकेको उनिहरुको गुनासो छ ।

गुईढुुंग र अड्डीमा खाने पानीको समस्या रहेको र वडाको बजेटले मात्रै शुद्ध खाने पानी उपलब्ध गराउन सक्ने अवस्था नरहेको ईश्वरपुर नगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष नागेन्द्र पार्खीङले बताउनु भयो । विजुलीको माध्यमबाट पानी तानेर अग्लो स्थानमा ट्याङकीमा जम्मा गरेर गुईढुुंग र अड्डीका स्थानियबासीलाई शुद्ध खाने पानी दिने आफ्नो योजना रहेको वडा अध्यक्ष पार्खीङले बताउनु भयो । गुईढुुंग र अड्डीमा स्थानिय निकायको बजेटले मात्रै सम्भव नहुने वडा अध्यक्ष पार्खीङले बताउनु भयो । नगरपालीका खुल्ला दिशा मुक्त घोषणा भएको छ । तर खाने पानीको अभाव कायमै छ । भने चर्पीमा कसरी पानी प्रयोग होला त्यो विचरणीय छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!