अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरिन् स्वस्तिमाले

काठमाडौं – चलचित्र ‘होस्टेल रिटर्न’ मार्फत चलचित्र नगरिमा एउटा नयाँ नायिकाको रुपमा नाम थपिएको स्वस्तिमा खड्काले अहिले आफुलाई चर्चित नायिकाको रुपमा स्थापित गरेकी छिन् । चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतबाट एकाएक चर्चामा आएकी उनले हाल एकपछि अर्को चलचित्र पाइरहेकी छिन्। छिल्लो समय स्वस्तिमा व्यस्त नायिकामा पर्छिन् ।

हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । फ्यानसँगै बसेर उनले फिल्म पनि हेरिन् । फ्यानको प्रतिक्रिया लिइन् । उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । तस्बिरमा स्वस्तिमा टु पिसमा निकै बोल्ड देखिएकी छन् । अस्ट्रेलिया पुगेर खुलेकी स्वस्तिमाका केही तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् ।

तस्बिर : स्वस्तिमाको इस्टग्रामबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!