कश्मीर विवाद: नेपाल भारत होईन पाकिस्तानको पक्षमा

काठमाडौं । अहिले भारत र पाकिस्तानमा मात्रै नभई विश्वभर नै चर्चामा रहेको कश्मीर विवाद नेपालसम्म आएको छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मीरमा गरेको हस्तक्षेपको नेपाल सरकारले विरोध गर्नुपर्ने आवाज उठाउनु भएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले कश्मीरीहरुको स्वतन्त्र रहने अधिकार भारतले हनन् गरेको र नेपाल सरकारले त्यसको विरोध गर्नुपर्ने बताउनु भएको हो ।उहाँले भन्नुभयो, ‘भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ । १९४८ को त्रीपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो ।’ यो विषय अत्यन्तै गम्भीर भएको भन्दै पौडेलले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

भारतिय नागरिकलाई नेपाली नागरिकता दिलाउने अधिकारीहरु पर्ने भए फन्दामा

काठमाडौं, २१ साउन । गृह मन्त्रालयका एक अधिकारीले झुट्टा विवरण पेश गरी आठ भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिलाउन संलग्न भएका अधिकारीहरूमाथि छानबिन गरिने बताएको छ ।मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले ती भारतीयहरूको नागरिकता प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो।तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुँदा ती व्यक्तिको नाममात्रै सार्वजनिक गरिएपछि कतिपय तराई केन्द्रित दलहरूले सरकारको निर्णय विधिमा प्रश्न उठाएका छन्।राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूसँग मिल्दो नाम भएका व्यक्तिको नागरिकता खोसिएको र सरकारले यथेष्ट सूचना नदिँदा त्यसले भ्रम छरेको भनेर संसदमा सरकारको आलोचना गरे। अर्का एक नेताले चाहिँ गलत व्यक्तिलाई नागरिकता बाँड्ने सरकारी अधिकारीलाई कारबाही गरेका विवरण कहिल्यै नआएको भन्दै सरकार विश्वस्नीय नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!