दिन सकिएको रहेनछ, रुखको बुटो समातेर बाचे

सर्लाही व्यापार व्यावसाय गरेर बसेको थिएँ । सामान लिन काठमाडौं जाँदै थिएँ । बस एकनासले गुडिरहेको थियो, सायद म निदाएको रहेछु । एक्कासी गड्याङ गुडङ आवाज आयो, के भयो केही मेसो पाइन, आँखा खुल्दा पानीमा रहेछु । म बस बाहिर उछिट्एिको रहेछु । मेरो झयालको सिसा खुला थियो । झ्याल खुला भएकै म बाहिर पुगेछुँ । थाहा पाउँदा म पानीमा बगिरहेको थिएँ ।

मलाई पौडन पनि आउदैन थियो । सायद बाच्न लेखेपछि जे पनि हुँदो रहेछ । पानी खाइसकेको थिएँ । नदीले केही तल बगाएपछि किनारातर्फ बगायो । छेउको रुखको बुटो समातेर गुहार मागेँ । केहीबेरपछि प्रहरीले मलाई उद्धार गरेर अस्पताल ल्याउनुभयो ।

मेरो हात, खुट्टा र अनुहारमा चोट लागेको छ । धेरै चोट त देखिएको छैन । तर शरीर नराम्ररी दुःखीरहेको छ । अहिले यसरी बोलिरहँदा पनि अचम्म लागिरहेको छ । गाडीका सिटभरी यात्रुहरु थिए । उनीहरु बीचैमा झरे कि खोलाले बगायो केही थाहा छैन । बाँच्न लेखेपछि जे पनि हुँदो रहेछ ।

(गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेको सर्लाही मलङगवा-३ का समीम राजा अन्सारीसँग अन्नपूर्णकर्मी मनिष दुवाडीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!