फोहोरको डस्टबिनमा फ्याकिएको बालक १ बर्षका भए, जन्मदिनमा पुगे शिशिर भण्डारी (भिडियो)

(एक बर्षअघि पशुपति क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बाबु भविष्य यति राम्रा भएछन्। उनको जन्मदिनमा सबैले शुभकामना दिनुहोला । )

आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मदिन मनाउन पुगेका थियौं ।

एक बर्षअघि पशुपछत क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं । निर्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ ।

स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं । स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो ।

अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमाआमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग रकम २१ हजार १ सय पनि बुझाएका छौं ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!