मन्त्री बिना मगर अस्पताल भर्ना, ससुरा प्रचण्ड भेट्न पुगे अस्पताल

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा मन्त्री मगर शुक्रबार भर्ना भएकी हुन् । यसैबीच मन्त्री मगरका ससुरा एव‌ं नेकपा अध्यक्ष प्रचण्ड उनलाई भेट्न शनिबार साँझ अस्पताल पुगेका छन् ।

पिसाबमा इन्फेक्सन भएपछि मन्त्री मगर अस्पताल भर्ना भएको स्रोतले जनाएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ । इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!