रेणु दाहालले यस्तो भनिदिएपछि सबै अचम्म

काठमाडौ। आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा अ’श्लील पोस्ट गर्नेबारे भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले संक्षिप्त प्रतिक्रिया दिएकी छन् ।

दाहालले आफ्नाबारेको आ’प’त्ति’जनक पोस्ट गृह मन्त्रालयबाट टेलिफोन आएपछि मात्र थाहा पाएको बताइन् । उनले सञ्चार माध्यमले त्यसबारे आफूसँग प्रतिक्रिया मागेको तर, दिन आवश्यक नभएको टिप्पणी गरिन् । ‘म दिनरात महानगरको काममा व्यस्त छु’, दाहालले भनिन्, ‘त्यस्तो घ’टिया विषयमा कमेन्ट गर्ने फुर्सद छैन ।’

आफूलाई भ्र’ष्टा’चा’रवि’रोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही नामका व्यक्ति भरतपुरमा कुटिएपछि त्यसमा नाम जोडेर शाही समर्थक समाचारमा उल्लेख गर्नै नमिल्ने अ’स’भ्य शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा रेणुवि’रुद्ध उ’त्रि’एका थिए ।

भरतपुर महानगरपालिकाले आफ्ना मेयरवि’रुद्ध अ’स’भ्य अ’पश’ब्द प्रयोग गरी गा’लीग’लौन गर्नेमाथि विद्युतीय अपराधअन्तर्गत का’रबा’ही माग गर्दै आइतबार चितवन प्रहरीमा उ’जुरी दिएको छ । प्रहरीले आइतबारै चितवनका पशुपति श्रेष्ठलाई प’क्रा’उ गरेको छ । अरुको पनि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!