४ स्वर्ण जित्दै नेपाली छोरी गाैरिकाले रचिन् इतिहास

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । गाैरिकाले आइतबार मात्रै एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् । साेमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगकाे कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठाैँदेखि एघाराैँ सागमा चार स्वर्ण जितेका थिए ।

सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । १३औँ सागमा गौरिकाको यो चौथौ स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् । याेसँगै १३औँ सागमा नेपालकाे स्वर्ण संख्या ४९ पुगेकाे छ ।

Image may contain: 1 person, smiling, outdoor

 

Image may contain: 1 person, smiling, standing

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!