५० लाख सम्पति कुम्ल्याएर दुई छोरीहरु सहित श्रीमती परपुरुषसंग फरार भएपछी

काठमाडौँ । चितवनकी प्रमिला सुनारले दुई छोरा छोरीलाई छोडेर अर्का विवाहित परपुरुषसंग भागेको घटना सेलाउन नपाउदै फेरी त्यस्तै प्रकारको घटना तनहुबाट बाहिरिएको छ । तनहु जिल्ला भारुण नगरपालिका वडा नम्बर ९ बाइस जागरका नहकुल अधिकारीलाई पनि

चितवनका सन्तोषलाई झैँ बज्रपात परेको छ । बचपन देखि नै संगै हुर्किएका र पछी प्रेम विवाह गरेको श्रीमती अनुपाले नै यसरी धोका दिन्छ भनेर नहकुलले सपनामा पनि सोचेका थिएनन ।

उनि बिगत १३ वर्ष देखि दुबईमा कार्यरत छन । तर अहिले उनको साथमा न त श्रीमती छ न आफ्नो बच्चाहरु नै, न त कमाएको सम्पति । नहकुलका अनुसार करिब ५० लाख रुपैया श्रीमतीले हिनामिना गरेकी छन । विवाह गरेको १५ वर्ष पछी उनीहरुको सम्बन्ध यसरी टुट्यो कि उनि ऋणमा त चुर्मुम्म डुबे डुबे अहिले आफ्नो श्रीमती र छोरी दुइ पनि आफ्नो साथमा छैनन् ।

अहिले नहकुलको एउटा माग छ । ५५ डिग्री तापक्रममा पसिना बगाएर कमाएको ५० लाख सम्पति र दुई छोरीहरु फिर्ता देउ । नहकुलसंग गरिएको पुरा कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!