विरामी अवस्थामा श्रीमती, साली लिएर भागेका साली-भेना यस्तो अवस्थामा भेटिए

घरमा श्रीमती मृ त्युसंग संघर्ष गरिरहेकी छन् । विरामी अवस्थामा रहेकी श्रीमतीके स्याहार गर्न छोडेर श्रीमान कान्छी साली लिएर हराए । यो घटना रोल्पा जिल्लाको रुण्डीगडी गाउँपालिका धारापानीको हो । राधिका बुढा र बलबहादुर रावत साली भिनाजु हुन् । दिदी बिरामी भएको बेलामा भिनाजुसंग हिडेकी बहिनीले आफ्नो बाध्यताबारे अहिले खुलाएकी छन् ।

राधिका कक्षा १० मा पढ्छिन् । बलबहादुर ८ वर्ष देखि ससुरालीमा बस्दै आएका थिए । उनीहरु घरमा झुटो बोलेर स्वर्गद्धारी घुम्न गएका थिए । स्वर्गद्धारीमा दिदी सासु थिइन् । राधिकाको ठूलो दिदी उहिँ थिइन् उनले कान्छी बहिनी र ज्वाईलाई संगै देखेपछि दिदीले गाली गरिन् । साली भिनाजुलाई संगै देखेकी दिदीले तिमीहरुका लागि घरमा बास दिन्न नेपालमै बस्न पाउन्नौ भने पछि त्यहाँवाट उनीहरु जंगलमा गएर बास बसे ।

घरवाट निस्कँदा विवाह गर्ने मनस्थिति भने थिएन । तर बाध्यताले अहिले उनीहरु संगै छन् । घरवाट झुटो बोलेर भिनाजुसंग घुम्न गएको थाहा पाएपछि दाईले गा लि गर्छन् भनेर राधिका घर जान सकिनन् । त्यसपछि उनीहरु तुलसीपुरमा गएर एक रात बसे । उनीहरुले गल्ती भएको स्वीकार गरेका छन् । साली डराएर घर जान नमान्दा भिनाजुले घर जाउ भनेर सम्झाए तर राधिका भने डराएर घर जान सकिनन् । उनले भनिन्, भिनाजुले त घर जाउ भन्नुभएको थियो तर डरले म जान सकिन ।

यिनी घर जान नमानेपछि तुल्सीपुरमा बस्नुपर्यो । अहिले उनीहरुलाई स्वर्गद्धारी नगएको भए हुन्थ्यो भन्ने लागेको छ । गल्ती भैहाल्यो । घर परिवारले दागंमा बस्न दिन्नौं भनेपछि उनीहरु अहिले काठमाडौं आएका छन् । उनीहरु घर छोडेर हिड्दा विवाह नै गर्ने मनस्थिति थिएन ।

राधिकाले साथीसंग घुम्न जाने भनेर घरमा झुटो बोलेकी थिइन् । तर भिनाजुसंग गएको थाहा पाएपछि घरमा गाली गर्छन भनेर उनीहरु घर जान नसकेको उनीहरुले बताएका छन् । हाम्रो गल्ती स्वर्गद्धारी जाँदा झुटो बोल्नु हो तर परिवारले तिरस्कार गरेका कारण बाध्यताले भिनाजुसंग नै बस्नुपर्ने अवस्था आएको राधिकाले बताइन् । राधिकाको दिदीलाई ब्रेन ट्युमर भएको छ । लामो उपचार पछि पनि उनको स्वास्थ्यमा खासै सुधार नआएका कारण उनी जिवनसंग संघर्ष गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!