बिकिनी लगाउने महिला पक्राउ, प्रहरीमाथि यौन दुव्र्यवहार गरेको आरोप

माले : माल्दिभ्समा बेलायती एक महिला बिकिनी लगाएको आरोपमा पक्राउ परेकी छन् । उनी बेलायती पर्यटक हुन् । माफुसीस्थित एक आइल्याण्डबाट उनी पक्राउ परेकी हुन् । तर ती महिलाले आफूलाई प्रहरीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । तीनजना प्रहरीमाथि उनले आरोप लगाएकी हुन् ।

घटनापछि महिलालाई प्रहरीले पक्राउ गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । भिडिओमा एक प्रहरीले उनलाई टावेल दिँदै शरीर ढाक्न लगाएको देखिन्छन् । माल्दिभ्स प्रहरीले भने ती महिलालाई पक्राउ गरेकोमा माफी मागेको छ ।

भिडिओमा ती महिला ‘तिमीले मलाई यौन हिंसा गरिरहेका छौ !’ भन्दै चिच्याउँदै गरेको देखिन्छ । त्यस टापुमा बिकिनी लगाउनु गैरकानुनी नभए पनि सरकारले कडाइका साथ प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!