सल्यानको कपुरकोटमा सेनाको गाडी दुर्घटना, मृतकको सनाखत

सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक जमदारको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौडा घर भएका जमदार यादवराज धरेल रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ ।

धरेलको घटनास्थलमै मृत्यु भएको सेनाले जानकारी दिएको छ । त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौस्थित छाउनी हस्पिटलमा लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।

सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउँसो दुर्घटना भएको थियो । -सुमन के.सी . / दाङको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!