बुहारीसँग अनैतिक सम्बन्ध राखेको देखेपछि छोराद्वारा बाबुको हत्या

रौतहट । रौतहटमा एक छोराद्वारा बाबुको हत्या भएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं.३ देवीपर्सा टोलका २५ वर्षिय छोरा राजकुमार पडितले आफ्नै ७० वर्षीया वुद्ध बाबु फेकन पंडित कुम्हारको हत्या गरेका हुन् । गत माघ २८ गते पंडितको उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । कृतक पंडितको आफ्नै गोठमा सुतिरहेकै अवस्थामा अनुहार, टाउकोमा हथौडाले प्रहार गरेको, अनुहारमा धारिलो हतियारले प्रहार गरी विभत्स हत्या भएको थियो । सो अवस्थामा पंडितलाई देखेपछि स्थानीय र निजको छोरा राजकुमार पंडित आफैले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएका थिए । घटनाको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी उपरीक्षक रविराज खड्का , प्रहरी अनुसन्धान टोली तालिम प्राप्त कुकुरसहित घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मृतक फेकन पंडित निजको छोरा राजकुमार पंडित बीचमा आपसी कलह र वैमनश्यता रहेकाले बाबुसँग वदला लिनका लागि हत्या गरेका हुन् । स्थानीय प्रिपा बजारमा किराना पसल गरेर बस्ने छोरा पंडितले आफ्नो बाबु फेकन र श्रीमती बीच अवैध सम्बन्ध रहेको शंका गर्ने गरेको र सोही कारणले बाबुलाई तह लगाउने योजना बनाएका थिए । सोही निहुँमा बाबु छोराको बीचमा बारम्बार झगडा हुने गरेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा राजकुमारले बाबु फेकन र आफ्नी श्रीमतीलाई आपत्तिजनक अवस्थामा देखेपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

घटना कसरी भयो ?

२०७६ माघ २७ गते राती छोरा राजकुमार रातीको खाना खाइसकेपछि आफ्ना श्रीमती अनि बच्चा सहित आफ्नै घरमा सुत्न गएका थिए । मृतक बाबु फेकन पंडित पनि खाना खाएर घर नजिकैको गोठमा सुत्न गएका थिए । बाबुसँग मौका मिल्ने बित्तिकै वदला लिने सुरुमा बसेका छोरा राजकुमार बिहान करिब ३ बजेको समय उठेर सरासर बाबु सुतेको गोठमा गए । बाबुलाई जसरी नि सिध्याउने उद्धेश्य त्यहाँ पुगेका उनले सुरुमा सो ठाउँमा नाला बनाउने मिस्त्रीहरुले राखेको हथौडाले मृतक बाबुको अनुहार, टाउको समेतमा आन्धाधुन्ध प्रहार गरे । त्यतिले पनि उनको चित्त बुझेन् । अनि फेरी उनले घाँस काट्ने धारिलो हतियार गडांसीले बाबुको शरिरमा धेरैपटक हानेपछि घर फर्किए । घर फर्केपछि उनी रगत लागेको लुगा फेरेर आफ्नै ओछ्यानमा सुते अनि बिहान ५ बजे आफै घटनास्थलमा गएर बाबुको हत्या भयो भन्दै रोइकराइ गर्दै गाउँले बोलाए अनि प्रहरीलाई खबर गरे । सोधपुछको क्रममा उनले आफुले घटना घटाएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

कसरी पक्राउ परे छोरा ?

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले घटना घटे लगतै प्रहरी निरीक्षक नवीन कुमार सिंहको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान गरी अनुसन्धान थालेको थियो । घटनाको संवेदनशिलतालाई महशुष गर्दै प्रहरीले तालिम प्राप्त ककुरपनि अनुसन्धानको लागि प्रयोग गरेको थियो । तालिम प्राप्त कुकुरले सुरुदेखिनै राजकुमार माथि संकेत गरेको प्रहरी प्रवक्ता कार्कील बताए । सो संकेतसँगसँगै प्रहरीले विभिन्न परिस्थितिजन्य प्रमाणहरु पनि संकलन गरेको कार्कीको भनाइ छ । अनुसन्धानको क्रममा एकजना प्रत्यक्षदर्शी पनि सम्पर्कमा आएको उनले बताए । सबै प्रमाण जुटिसकेपछि मृतककी बुहारी एवम् राजकुमार श्रीमतीले यहीँ फागुन ७ गते जिल्ला प्रहरी कार्यालय गौरमा राजकुमार विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले राजकुमारलाई ७ गतैनै प्रकाउ गरेको हो । पक्राउ पनि सोधपुछको क्रममा राजकुमारले आफुलेनै बाबुको हत्या गरेको स्विकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई उनलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले जानकारी दिए । प्रहरीले श्रीमती र प्रत्यक्षदर्शीको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!