कोरोना भाइरस् : अमेरिकामा १ हजार कोठाको पानी जहाज अस्पताल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा १ हजार कोठाको पानी जहाजको अस्पताल पठाउने घोषणा गरेका छन् । तर जहाज आइपुग्न भने अझै केही सातालाग्ने अनुमान गरिएको छ ।

युएस नेभीले तयार पार्ने उक्त पानी जहाजको अस्पताल न्युयोर्क हार्बरमा ल्याएर राखिने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ती पानी जहाजका अस्पताल अर्का साता पठाइने बताएका छन् ।

अहिले ती पानीजहाजका अस्पताल तयार पार्ने काम भइरहेको छ । मेडिकल स्टाफ र अन्य कर्मचारीसहित ती पानीजहाजका अस्पताल पठाउन लागिएको हो ।

यो पानी जहाजका अस्पताल आइसकेपछि न्युयोर्क सिटीका अस्पतालमा चाप कम हुने अपेक्षा गरिएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७५६८ पुगिसकेको छ । आजैमात्र ११५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा मृतकको संख्या ११७ पुगेको छ । आजैमात्र थप ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!