न्युयोर्कमा कोरोनाबाट ज्यान गुमाएका लिम्बुको ७२ घण्टा शव नदिने

७२ घण्टासम्म शव परिवारलाई नदिने अस्पतालले बताएको जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभएको छ । ७२ घण्टापछि आफै दाहसंस्कार गर्ने भएमा शुल्क तिरेर फ्युनेरल बुक गरेर त्यसको जानकारी अस्पताललाई दिनुपर्ने र अस्पतालले अनुमति दिएपछि दाहसंस्कार गर्न सकिने जनाइएको छ ।

तर दाहसंस्कारमा १० जनाभन्दा बढी जम्मा हुन नपाइने र सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधानहरु रहेका छन् । फ्युनेरल होमले तय गरेका मापदण्डहरु पूरा गरेरमात्र दाहसंस्कारमा सहभागि हुन पाइने नियम रहेको छ । तर परिवारका सदस्यहरुमा लक्षण देखिएको र परिवारका सदस्यहरु नै दाहसंस्कारमा सहभागि हुन नसक्ने अवस्था आएकाले के गर्ने भन्ने निक्र्यौल भइसकेको छैन ।

नेम्बाङले भन्नुभयो – ‘हामी ७२ घण्टापछि परिवारका सदस्यहरुसँग यसबारेमा सल्लाह गर्नेछौं । उहाँहरुले अहिले जे उचित हुन्छ, त्यही गर्नु भन्नुभएको छ । हामीले थप सल्लाह गरेर जे उचित हुन्छ त्यही गर्नेछौं ।’

परिवारले अनुमति दिएको खण्डमा भने अस्पताल आफैले दाहसंस्कार गर्नेछ । न्युयोर्कमा अहिले नेपालीहरु सेल्फ क्वारेन्टाइनमा रहेको अवस्थामा दाहसंस्कारमा सहभागि हुन समेत असजिलो अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!