नेपालमा ६ जना आइसोलेसनमा, १० जना क्वारेन्टाइनमा

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर चिकित्सकले चौबिसै घण्टा निगरानी बढाएका छन्।

कोरोना भाइरस पोजेटिभ संक्रमण भएकी किशोरीसहित ६ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अन्य १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

उनका अनुसार हालसम्म ६ सय १० वटा नमुना परीक्षण गरिएको छ। तीमध्ये दुई वटा पोजेटिभ आएको छ। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरससँग सम्बन्धित विषयमा ५ हजार दुई सय ३१ वटा कल आएको उनले बताए।

मुलुकका ठूला अस्पतालमा भीडभाड घटाउन विस्तारित सेवा बन्द गर्न निर्देशन दिइएको डा.देवकोटाको भनाइ छ। दुई सातापछि जचाउन आउँदा पनि फरक नपर्ने खालको फलो अप बिरामीलाई नबोलाइने भएको छ। नियमित जाँच एवं शल्यक्रिया बन्द गरिएको डा. देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!