६ महिनासम्म लकडाउन ! जनतालाई भोकभोकै मर्न दिनेछैन : मेयर चौधरी

उपमहानगरपालिकाको नगरप्रमुख,मेयर द्धारिकलाल चौधरीले ६ महिना सम्म लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै बस्न नदिने प्रतिवद्धता जनाएका छन ।

प्रमुख चौधरीले सञ्चारकर्मी संगको कुराकानीको क्रममा भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” बरु पुल र बाटो बनाउन छोड्दिन्छु अहिलेको लागी नगरवासीलाई आवश्यक पर्ने खाद्यान्न लगायतको सामाग्री उपलब्ध गराउन पछि पर्ने छैनौं ” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले वताउनुभयो । साथै नगरभित्र रहेका हरेक वडाका अध्यक्षहरु पनि राहत सामाग्री बितरणमा लागेको बताउनु भयो।

 बरु पुल,बाटोघाटो अहिले बनाउन छोड्दिन्छौं तर जनतालाई भोकभोकै बस्न दिईनेछैन : मेयर द्वारिकलाल चौधरी

Image may contain: one or more people and people sitting

उद्यमी,ब्यवसायी,वैक,सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले वताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवार मध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन । उनीहरु दिनभर श्रम गरेर त्यसवाट प्राप्त ज्याला वाट वेलुका छाक टार्ने गर्छन । ती जनतालाई भोकभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका वैठकले सवै वडाहरुमा राहत वितरण गर्न थालिएको हो । अहिले सवै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय वैठक वसेर राहत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ ।

Image may contain: 3 people

यसैबिच नगरप्रमुख चौधरीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग आग्रह गर्नुभएको छ । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ० ५ ९ ० ३ आठ ओटा सुन्य ५ ० ० ४ ० ० मा रकम सहयोगका लागि आग्रह गरिएको हो । इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो ।
जानकारी अनुसार राहत कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गैइरहेको छ। स्थानीयवासी, अगुवा, ब्यवसायी, ब्यापारी, सहकारी सञ्चालकहरुले समेत कोषमा सकेको आर्थिक रकम जम्मा गरेर सहयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!