अभ्यासको क्रममा मिसाइल दुर्घटना हुँदा १९ सैनिकको मृत्यु

तेहरान : ओमनको खाडीस्थित इरानी सेनाले तालिम गरिरहेको ठाउँमा अभ्यासको क्रममा मिसाइल दुर्घटना हुँदा १९ सैनिकको मृत्यु हुनुका साथै १५ जना घाइते छन् । इरानी सेनाले अभ्यासको क्रममा दुर्घटनावश विस्फोट भएको जनाएको छ ।

तेहरानदेखि १२७० किलोमिटर दक्षिणपूर्वी क्षेत्र जास्क तटमा आइतबार यस्तो घटना भएको हो । जुन ओमन खाडीमा पर्छ । इरानी सेनाले आफ्नो वेबसाइटमा समेत यसबारे विज्ञप्ति जारी गरेको छ ।

इरानी टेलिभिजनले पनि घटनालाई दुर्घटनावश भएको जनाएको छ । खाडी क्षेत्रमा कति जनाको सैनिक टोली थियो भन्ने बारे भने खुलाइएको छैन । तर टर्कीको अनादोलु एजेन्सीले भने यस घटनामा कम्तिमा २० जना मारिएको जनाएको छ । साथै ४० जनाको टोली त्यहाँ रहेको दावी गरेको छ ।

उक्त एजेन्सीले पनि घटनालाई मानवीय त्रुटी भनेको छ । इरानी सेनाले यसअघि जनवरी ८ मा इराकस्थित अमेरिकी सेनालाई लक्षित गर्दै मिसाइल हमला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!