कसरी हुन्छ मुखमा क्यान्सर ? यस्तो छ जोगिने उपाय

डा. राजेन्द्र बराल
क्यान्सररोग विशेषज्ञ
भक्तपुर क्यान्सर अस्पताल

Image result for mouth cancer

कारण र लक्षण
सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो । मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफूलमा जोड गर्नुपर्छ । खाएपछि मुखको सफाइमा ध्यान दिनुपर्छ । नुन कम हालेका खानेकुरा खानुपर्छ ।

मुखमा विभिन्न दाग देखिनु क्यान्सरको लक्षण हुन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ ।

जोगिने उपाय
-मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । धूम्रपानबाट ३५ किसिमका विभिन्न रोग लाग्न सक्छ ।

-मद्यपान पनि मुखको क्यान्सर गराउने एक प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।

-जंकफुड, केमिकल हालेको सागसब्जी खाँदा पनि मुखको क्यान्सर हुन सक्छ । Naya Patrika

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!