मनाङका गोलकिपर अशोककी पत्नी कृष्टीको निधन

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लबका गोलकिपर अशोक बराललाई पत्नी शोक परेको छ । ह्वाइट ब्लड सेलको कमीका कारण झन्डै दुई महिना देखि अस्वस्थ रहँदै आएकी अशोककी पत्नी कृष्टीको बुधबार निधन भएको अशोकले बताए ।

स्वयम्भुमा घरमै रहेकी २८ वर्षे कृष्टीको बुधबार विहान स्वास्थ्य मा एक्कासी खराबी आएर मृत्यु भएको उनले जानकारी दिए । उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनले बताए । उनीहरुको ६ एक छोरी छन् । उनको काजक्रिया भने हेटौडामा गरिने अशोकले बताए । एन्फा एकेडेमीका उत्पादन समेत रहेका अशोकले मनाङबाट गत वर्षको सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!