नेपाल एयरलाइन्सका तीन पाइलटसहित सात जनामा काेराेना

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेका छन । उपत्यकामा मानिसहरु भित्रने मानिसको संख्या बढेसँगै संक्रमितको संख्या बढेको हो ।

उपत्यकामा सङ्क्रमितको संख्या दैनिक बढ्दो अवस्थामा छ । आइतबार ३० जना संक्रमित देखिएका थिए भने सोमबार ५४ जना संक्रमित थपिएका छन ।

आज देखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् ।

काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो ।

तीमध्ये नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित सात जना पनि छन । साउदी अरब, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए ।

उनले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताए ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताए ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!