फेरि खराब मौसम सक्रिय : मौसम बिभागले दियो यस्तो चेतावनी

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न क्षेत्रहरुमा बाढीपहिरो, डुबानले ठुलो नोक्सानी भएको छ । आज देशभर मौसम सामान्य भए पनि आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने देखिएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद्ले जानकारी दिएका छन् । यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो ।

मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ । ती मध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् । त्यस अवधिमा पहिरोमा परेर ११३ घाइते भएको सरकारी तथ्याङ्क छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् । मौसमबारे थप जानकारी तल हेर्नुहोस्

साउन १० गते (शनिबार)
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!