ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखा सिल, ३७५ प्रहरी क्वारेन्टाइनमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ।

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल गरिएको हो। महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए।

उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको बताए। यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टाइनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए। क्वारेन्टाइनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ। स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखा भित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन्। Annapurna post मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!