पूजा र प्रकाश विवादमा ७ संस्थाले लिएको निर्णयको विरोध

केहि समय अगाडी सञ्चारकर्मी प्रकाश सुवेदीले एक कार्यक्रममा ‘दाह्रा निस्केकी महानायिका’ भन्दै दिएको अभिव्यक्ति प्रति नायिका पूजा शर्माले आपत्ति जनाएकी थिइन् । उनले आफुलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेकी हुन् । सञ्चारकर्मी सुवेदीले माफी मागिसकेका छन् । तर उनको माफी चित्त बुझ्दो नभएको भन्दै नायिका पूजा कारबाहीको माग गर्दै विभिन्न संघ संस्थामा उजुरी दिएकी थिइन् ।

नेपाली फिल्मसँग सम्बन्धित सात वटा संघसंस्थाले शनिबार एकबद्ध रुपमा विज्ञप्ती जारी गर्दै एपिवान् टेलिभिजनबाट प्रशारण हुने सञ्चारकर्मी प्रकाश सुवेदीको ‘रजतपट’ र ‘ग्यामर गफ’मा सहभागी नहुन कलाकारहरुलाई आग्रह गरिएको छ । तर सात संस्थाको निर्णयको फिल्मकर्मीहरुले नै विरोध गरिरहेका छन् ।

निर्देशक प्रदिप भट्राईले फेसबुकमा लेखेका छन्, ‘रिसको झोकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो पो लाग्यो, सात संस्थाको निर्णय ।’ फिल्मकर्मी र सञ्चारकर्मी बीचको विवादलाई छलफलमा मिलाउने पर्ने धेरैको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!