प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई निरन्तरता दिने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । तर, अहिलेदेखि उनलाई निरन्तरता दिनुपर्ने भन्दै सामाजिक स’ञ्जाल तातिएको छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई निरन्तरता दिने पक्षमा देखिएका छन् ।

घिसिङ पछिल्लो समय प्रचारमुखी भएको र एकलौटी जस लिन खोजेको भन्दै प्रधानमन्त्री उनीसँग रु’ष्ट बनेको स्रोतको दा’बी छ । त्यतिमात्रै होईन, घिसिङलाई निरन्तरता दिनको लागि विभागीय उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनपनि सकारात्मक देखिएका छैनन् । उनले अहिलेसम्म क्याविनेटमा त्यसबारेमा प्रस्ताव नलगेको स्वयम सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले स्प्ष्ट पारिसकेका छन् ।

कुलमानलाई सरकारले निरन्तरता दिन नचाहेको भनेर सरकार वि’रुद्ध सामाजिक स’ञ्जालमा चर्चा तथा परिचर्चा भएपछि स्वयम घिसिङले सरकारको बचाउ गरेका थिए । घिसिङले प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युतभार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका थिए ।उनले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका थिए।

घिसिङले हिजो (बिहीबार) एक विज्ञप्ती जारी गरेर भनेका थिए,“विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।”

स्रोतकाअनुसार घिसिङले आफू नै प्राधिकरणको कार्यकारी निर्देशक हुनेगरि लविङपनि सुरु गरेका छन् । यसका लागि उनले आफ्ना नजिकका मान्छेहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीकहाँ पठाएका छन् । उनले एक कार्यकाल आफूले काम गर्न चाहेको सन्देश प्र’वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!