कुलमान घिसिङलाई पुन:नियुक्ति गर्न माग गर्दै राँके जुलुस प्रर्दशन

डडेल्धुरा- नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा फेरि पनि कुलमान घिसिङ नै हुनुपर्ने माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो।

‘नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको हो। राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो।

प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा गरिएको छ। कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आन्दोलित हुने बताए।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!