एउटै मात्र भाइको अन्तिम बिदाइ गर्दा दिदीहरु सम्हालिन सकेनन्

काठमाडौ– दशै आउँला,तिहारै आउँला -फुलको माला कल्लेपो लगाउँला !
फुल फुल्यो बाह्र मासेको -यो जिवनमा बिर्सनै सकिन भाइ तिमी बोले हाँसेको ।

यही गित संग ठ्याक्कै मेल खाएको छ प्रचण्डपुत्रीहरुको जिवन पनि । आज पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्ष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको अकल्पनीय निधन भएपछि उनका दुई दिदीहरु पिडादायी अवस्थामा छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र गंगा दाहाल अहिले भाइको अकल्पनीय निधनले छटपटाइरहेका छन । प्रकाशको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दैगर्दा उनकी कान्छी दिदी गंगा सम्हालिन सकिनन् । उनी भाइको शवमा टाँसिएर केहीबेर रोइन् ।

अर्की दिदी रेणु पनि सम्हालिन सकिरहेकी थिइनन् । एउटै भाइको अन्तिम बिदाइ गर्दा दिदीहरुको चित्कार थामिनसक्नु थियो ।

प्रकाश तिन दिदीबहिनीको एक मात्र भाइ थिए । चार बर्ष अगाडी जेठी दिदी ज्ञानु दाहालको क्यान्सरका कारण निधन भएपछि दुई दिदी र एक भाइ मात्र थिए ।

आज बिहान हृदयघातका कारण प्रकाशको पनि मृत्युभएपछि दुई दिदीबहनी सम्हाल्न सक्ने अवस्थामा छैनन् । एक महिना अगाडी मात्रै भाइलाई तिहारको टिका लगाइदिएका रेणृ र गंगा भावविह्ल अवस्थामा छन ।

प्रतिक्रिया दिनुहोस्